आइतबार, भाद्र २८ गते २०८३
images

आईपिएल : फाइनल प्रवेशको लागि राजस्थान र बेंगलोर भिड्दै

एक्सप्रेस पाना
जेठ १३, २०७९ शुक्रबार
  • 460
    SHARES
  • आईपिएल : फाइनल प्रवेशको लागि राजस्थान र बेंगलोर  भिड्दै

    जेठ १३ काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२२ को दोस्रो क्वालिफायर खेलमा आज राजस्थना रोयल्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच नेपाली समयअनुसार आज साँझ ७४५ बजेबाट सुरु हुनेछ । 

    images

    नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुने खेलमा दुबै टोली एक अर्कोमाथि जित निकाल्दै फाइनल प्रवेश गर्ने दाउमा रहेका छन् । राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग ७ विकेटले पराजित हुँदै बाहिरिएको थियो ।

    यस्तै बेंगलोरले एलिमिनेटर खेलमा लखनऊ सुपर जायन्ट्सलाई १४ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । आजको खेलमा विजयी हुने टोलीले उपाधिका लागि गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्ने छन् । 

    images