आइतबार, भाद्र २८ गते २०८३
images

नेप्लिज 'एन्का जेम्स' खेलाडी छनोट सम्पन्न

एक्सप्रेस पाना
जेठ १४, २०७९ शनिबार
  • 343
    SHARES
  • नेप्लिज 'एन्का जेम्स' खेलाडी छनोट सम्पन्न

    जेठ १४ काठमाडौं । आगामी अक्टोवरबाट शुरु हुने क्रिकेटको सिजनका लागि नेप्लिज क्रिकेट एसोशियसन(एन्का)ले आफ्नो बालबालिकाको टिम 'एन्का जेम्स' का लागि खेलाडी छनौट कार्यक्रम सम्पन्न गरेको छ ।

    images

    एन्काले १० बर्ष र १२ बर्ष मुनिको उमेर समुहका बालबालिकाको छनौट एडिलेड स्थित गिलेस्पी स्पोर्टस सेन्टको हलमा गरिएको थियो । एन्काका अध्यक्ष विजय जोशीले छनौट भएका बालबालिकाहरुलाई एन्काले प्रशिक्षण दिने र साउथ अष्ट्रेलियमा रहेका अन्य क्लवहरु संग हुने खेलहरुमा सहभागी गराउने बताए ।

    एन्काले छनौटमा सहभागीका अभिभावकहरुलाई पनि खेलको बारेमा र उनीहरुको भुमीका बारेमा अन्तरक्रिया गरेको थियो । जोशीले नेपालबाट अध्ययनका लागि अष्ट्रेलिया आएर क्रिकेट खेल्न टिममा समावेश भएको युवाहरुले समेत यहाका क्लवहरुमा स्थान लिन थालेको सन्दर्भमा यहा हुर्किदै गरेको पुस्तालाई उचित प्रशिक्षण दिन सके अष्ट्रेलियाकै टिममा ठाउ पाउने सक्ने भएकाले बालबालिकाहरुको सफलतामा अभिभावकको भुमिका महत्वपुर्ण भएको बताए ।

    images