भाद्र ४ काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीकै भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला ४ सय रुपैयाँले बढेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन तोलाको ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९० हजार ७ सय रुपैयाँ कायम भएको छ भने त्यसैगरी चाँदीको मूल्य पनि आज बढेको छ ।
चाँदी आज तोलाको १ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी १ हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।


