आइतबार, भाद्र २८ गते २०८३
images

वोमन पोखरा विश्वविद्यालय क्रिकेट लीग (डब्लु पियुसियल)को दोस्रो संस्करण आयोजना हुने

एक्सप्रेस पाना
जेठ १९, २०७९ बिहीबार
  • 576
    SHARES
  • वोमन पोखरा विश्वविद्यालय क्रिकेट लीग (डब्लु पियुसियल)को दोस्रो संस्करण आयोजना हुने

    बिज्ञन कार्की / जेठ १९ काठमाडौं । पोखरा विश्विद्यालय क्रिकेट क्लबको आयोजनामा "वोमन पोखरा विश्वविद्यालय क्रिकेट लीग (डब्लु पियुसियल)" को दोस्रो संस्करण  हुने भएको छ।

    images

    पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसका छात्राहरुलाई क्रिकेटप्रति प्रेरित गर्न र पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापलाई अगाडि बढाउन र  विश्वविद्यालयमा पनि महिला क्रिकेटलाई उजागर गर्न यस प्रतियोगोता आयोजनाको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ।

    पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसको विभिन्न  संकायमा अध्यनरत  छात्राहरुले यस प्रतियोगितामा सहभागिता हुन सक्नेछन् ।

    images

    खेल तालिका , टिम संख्या र खेल हुने मिति छिटै नै पत्रकार सम्मेलन गरेर प्रकाशित गर्ने जानकारी वोमन पोखरा विश्वविद्यालय क्रिकेट लीगका प्रतियोगिता निर्देशक अभिषेक यादवले जानकारी दिए।

    वोमन पोखरा विश्वविद्यालय क्रिकेट लीग (डब्लु पियुसियल)को पहिलो संस्करण पियु राइनोजले उपाधि जितेको थियो ।