बिज्ञान कार्की /जेठ २० पोखरा । पोखरा विश्विद्यालय क्रिकेट क्लबको आयोजनामा "सम्मर कप २०७९" को पहिलो संस्करण हुने भएको छ।
पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसका छात्रहरुलाई क्रिकेटप्रति प्रेरित गर्न र पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापलाई अगाडि बढाउन र विश्वविद्यालयमा पनि क्रिकेटलाई उजागर गर्न यस प्रतियोगोता आयोजनाको मुख्य उद्देश्य रहेको प्रतियोगिता निर्देशक विकल बरालले जानकारी दिए।
पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसको विभिन्न संकायमा अध्यनरत छात्रहरुले यस प्रतियोगितामा सहभागिता हुन सक्नेछन् ।
खेल तालिका , टिम संख्या छिटै प्रकाशित गर्ने जानकारी पोखर विश्वविद्यालय क्रिकेट क्लबका अध्यक्ष भूपेन्द्र भट्टले जानकारी दिए। खेल जेष्ठ २२ देखि सुरु हुने छ भने प्रतियोगिताको टिम दर्ता जेष्ठ २१ गते सम्म रहेको छ।



