आइतबार, भाद्र २८ गते २०८३
images

क्रोयसियासँग बराबरीमा रोकियो फ्रान्स

एक्सप्रेस पाना
जेठ २४, २०७९ मंगलबार
  • 580
    SHARES
  • क्रोयसियासँग बराबरीमा रोकियो फ्रान्स

    एजेन्सी । क्रोएसियाले सोमबार राति नेसन्स लिगमा फ्रान्सलाई १-१ को बराबरीमा रोकेको छ । फ्रान्सले दुई खेलसम्म जित निकाल्न सकेको छैन । पहिलो खेलमा फ्रान्स डेनमार्कसँग २(१ ले पराजित भएको थियो । क्रोएसिया पनि अस्ट्रियासँग ३-० ले निराश भएको थियो ।

    images

    स्पेनलाई हराउँदै फ्रान्सले गत संस्करण नेसन्स लिगको उपाधि जितेको थियो । यसअघि ५२औं मिनेटमा एड्रिन राबियोटको गोलमा फ्रान्सले अग्रता लिएको थियो । खेल सकिन सात मिनेट बाँकी रहँदा क्रोएसिया खेलमा फर्किएको थियो । क्रोएसियाका लागि एन्डरेज क्रामारिचले पाएको पेनाल्टीको सदुपयोग गर्दै टोलीको लगातार दोस्रो हारको संकट टारेका थिए ।

    लिग ए ग्रुप वानमा शतप्रतिशत नतिजा निकाल्ने क्रममा डेनमार्कले अस्ट्रियालाई २-१ ले हरायो । दुई खेलमा डेनमार्कको ६ अंक छ भने दोस्रो स्थानको अस्ट्रियाको तीन अंक छ । तेस्रो स्थानको फ्रान्स र चौथो स्थानको क्रोएसियाको समान एक अंक छ ।

    images