शुक्रबार, भाद्र २६ गते २०८३
images

एक सातामा सुनको मुल्य प्रतितोला १५ सयले बढ्यो

एक्सप्रेस पाना
भाद्र ५, २०७८ शनिबार
  • 472
    SHARES
  • एक सातामा सुनको मुल्य प्रतितोला १५ सयले बढ्यो

    भाद्र ५ काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक सातामा सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले बढेको छ । अघिल्लो साताको शुक्रबारदेखि यो साताको शुक्रबारसम्म सुनको मूल्य १५ सय रुपैयाँले बढेको हो ।

    images

    अघिल्लो साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ७०० रुपैयाँ र तेजाबी सुनको प्रतितोला मूल्य ८९ हजार २५० रुपैयाँ कायम थियो । यो साताको शुक्रबारसम्म आइपुग्दा १५ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ कायम छ । साताको आइतबार प्रतितोला एक हजार रुपैयाँ बढेर सुनको कारोबार सुरु भएको थियो ।

    त्यसपछि साताका सोमबार र बिहीबार केही ओरालो लाग्नुबाहेक अन्य सबै कारोबार दिनमा सुनको मूल्य बढेको महासङ्घले जनाएको छ । यस्तै, यो साता चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार १८५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार एक हजार १९५ रुपैयाँ कायम भएको छ ।

    images