काम सकेर घर फर्किदै थिए बानेश्वर चोकमा गाडीबाट झरेर तीन फड्को के मारेको थिए यक्कासी मेरा पाइला त्यही रोकिए । यी निर्दोष मेरा आँखा टाट माथि बिछ्याइएका राता पहेला अनि हरिया फल माथि पुग्यो ओहो यो त खुर्पानी (आरुबखडा) पो रहेछ ।
कति मिठो स्वाद हुन्छ यसको भन्ने सोच्न पनि नभ्याउदै फोहोर मलाई भन्ने डस्टबिन आढैमा बिना ओत त्यो फल बेच्न बस्नुभएकी एक वृद्ध आमामा पर्न गयो त्यो आधा भन्दा बढी फल त नबिकेर कुहिएर काला नै भैसकेछन्, मेरा आँखा रसाए, थुक्क मेरो देश धिक्कार छ !

त्यही बुढी आमा को अगाडीबाट मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिका काला सिसा भएका चिल्ला गाडी नगुडेका भने होइनन्, यही बुढी आमाको अगाडिबाट सयौं पटक भिआइपी सवारी भएको यी आँखाले देखेको छ । लोकतन्त्र अनि प्राजातान्त्रिक, गणतन्त्रका गरिबिका नाराका पानाहरु कतै यही फोहोर मलाई भन्ने डब्बाको भित्र त बर्शौ यता कुहिइरहेको त छैनन भन्ने भान म मा आयो ,
यस्तै सोच्दै हतार हतार पाइला घर तिर बढाए, त्यहाबाट निस्किएको केही मिनेटमा नै मूशल्धारे पानी दर्कियी म घर भित्रमात्र के पसेको थिए बाटो को व्यापारी आमाको याद आयो कठै मुसल्धारे पानी ले पक्कै नि पिट्यो होला खै कस्ले ओत दियो होला र उन्लाई ? सरकारको ध्यान कैले जान सकेन कठै मेरो देश नेपाल !
कोपिला दाहाल (तुल्सिपुर-७ दाङ)


