आइतबार, भाद्र २८ गते २०८३
images

वोमन पोखरा विश्वविद्यालय क्रिकेट लिगको मुख्य प्रायोजकमा सेभेन लेक रिसोर्ट

एक्सप्रेस पाना
जेठ २६, २०७९ बिहीबार
  • 560
    SHARES
  • वोमन पोखरा विश्वविद्यालय क्रिकेट लिगको मुख्य प्रायोजकमा सेभेन लेक रिसोर्ट

    जेठ २६ पोखरा । पोखरा विश्विद्यालयले आयोजना गर्न लागेको वोमन पोखरा विश्वविद्यालय क्रिकेट लीग (डब्लु पियुसियल)को दोस्रो संस्करण आयोजना हुने मुख्य प्रायोजकको रूपमा सेभेन लेक रिसोर्ट  जोडिएको छ।

    images

    बिहीबार प्रतियोगिता निर्देशक अभिषेक यादव र सेभेन लेक रिसोर्टका डाईरेक्टर बिबेक गुरुङ बीच सम्झौतामा हस्ताक्षर भएको छ । प्रतियोगीताका निर्देशक अभिषेक यादवले यस प्रतियोगितामा दिनु भएको सहयोगप्रति हार्दिक आभार प्रकट गरे ।

    पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसका छात्राहरुलाई क्रिकेटप्रति प्रेरित गर्न र पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापलाई अगाडि बढाउन र विश्वविद्यालयमा पनि क्रिकेटलाई उजागर गर्न यस प्रतियोगोता आयोजनाको मुख्य उद्देश्य रहेको प्रतियोगिता निर्देशक अभिषेक यादवले जानकारी दिए। 

    images

    खेल आगामी जेठ २७, २८ र २९ गते पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा हुदैछ । प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ।