शुक्रबार, भाद्र २६ गते २०८३
images

खत्रीले ल्याए ‘बर्खामास’

एक्सप्रेस पाना
आषाढ १, २०७९ बुधबार
  • 459
    SHARES
  • खत्रीले ल्याए ‘बर्खामास’

    असार १ बागलुङ । असार लागेसँगै लोकगायक विष्णु खत्रीको लोकदोहोरी गीत ‘बर्खामास’ सार्वजनिक भएको छ । खत्रीको आफ्नै युट्युब च्यानलबाट बुधबार बिहान सार्वजनिक गरिएको सो गीतलाई केही घण्टामै २० हजार बढी पटक हेरिएको छ ।

    images

    गीतमा गायक खत्री र गायिका शान्ति श्री परियारको स्वर छ । शब्द र सङ्गीत पनि गायक खत्रीले नै दिनुभएको छ । कजिस श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा कलाकार तुलवीर थापा र पूजन घिमिरेको अभिनय देख्न सकिन्छ ।

    गीतको भिडियो छाँयाकन जिल्लाको गलकोट, हरिचौरमा गरिएको गायक खत्रीले बताउनुभयो । गलकोट उहाँको जन्मथलो पनि हो । भिडियोमा बढीजसो रोपाइँको दृश्य समेटिएको छ । वर्षायाममा हुने खेतीपाती, मेलापात र अर्मपर्मको संस्कृतिलाई गीतको श्रव्य÷दृश्यमा मा चित्रण गरिएको छ । 

    images

    “बर्खामास गाउँघरमा हुने गतिविधिलाई गीतमा उतार्ने प्रयास गरेका छौँ, भिडियोमा पनि मौलिकता झल्किएको छ”, गायक खत्रीले भन्नुभयो ।

    दुई दशकदेखि नेपाली लोकसङ्गीतमा क्रियाशील खत्रीले हालसम्म सयौँ गीतमा स्वर, शब्द र सङ्गीत दिनुभएको छ । मौलिक गीतसङ्गीतको रचना र गायनमा पोख्त खत्रीका ‘भरिया दाइ’, ‘कि सास चाहियो, कि लास चाहियो’, ‘जम्मु कश्मिरमा’, ‘सरकार ! के गरेर खाम’लगायतका गीत चर्चित छन् ।