शुक्रबार, भाद्र २६ गते २०८३
images

"आकाश छुने सपना देखेँ कल्पनामा उडेूँ" म्युजिक भिडियो सार्वजनिक

एक्सप्रेस पाना
आषाढ ६, २०७९ सोमबार
  • 519
    SHARES
  • "आकाश छुने सपना देखेँ कल्पनामा उडेूँ"  म्युजिक भिडियो सार्वजनिक

    असार ६ काठमाडाैं । साहित्यकार सुरेन्द्र महर्जन अमरको रचनामा सुमधुर स्वरकी धनी मेलिना राई र मणि सुन्दर लिम्बुको स्वरमा रहेको ''आकाश छुने सपना देखेँ कल्पनामा उडेँ" गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

    images

    उक्त भिडियो ओएस आर डिजिटलको अफिसियल च्यानलमाबाट सार्वजनिक भएको हो । सार्वजनिक भिडियोमा नायक यश राज गराज र शांक्षी लम्सालको बेजोड अभिनय रहेको छ ।

    रोशन कुमारको निर्देशनमा तयार भएको उक्त भिडियोको संगीत / एरेन्ज पावल चाम्लिङ राईको रहेको छ भने क्यामरामा मुकेश हुमागाई र इडिट विनोद बमको रहेको छ ।

    images

    दर्शक स्रोता एवं गीत, संगीत प्रेमी सबैलाई सार्वजनिक भिडियोले आनन्दको अनुभुति दिने र एकै छिन भए पनि दु:ख पीरबाट टाढा दिने कुरामा भिडियो निर्देशक रोशन कुमारको भनाइ रहेको छ ।