काठमाडौँ । रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नंं ४ सुलिचौर, सेवा केन्द्र नजिकै जिप दुर्घटना भएको छ ।
दुर्घटनामा परी ३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । सुनिलस्मृति गाउँपालिकाका सुलिचौरबाट गजुलका लागि छुटेको जिप दुर्घटना भएको हो ।
रोकेर सामान राख्ने क्रममा गाडी ब्याक हुँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुलिचौरले जानकारी दिएको छ । गाडीमा कति जान सवार थिए भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन ।
लु १ ज ३२४३ नम्वरको जिप पल्टिँदा ९ जना घाइते भएका छन् । सुनिलस्मृति गाउँपालिका वडा नं. ३ मिझिङ चालक तथा गाडी धनी जितबहादुर विष्ट सामान्य रहेका छन् । घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुलिचौरले जानकारी दिएको छ ।
.jpg)


