बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रियंका कार्कीको घरमा चोरी, शौचालयको झ्यालबाट छिरेर ५ तोला सुन र ३० हजार नगद चोरी

एक्सप्रेस पाना
कार्तिक ९, २०७९ बुधबार
  • 225
    SHARES
  • प्रियंका कार्कीको घरमा चोरी, शौचालयको झ्यालबाट छिरेर ५ तोला सुन र ३० हजार नगद चोरी

    काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीको ललितपुर भैंसेपाटीस्थित घरमा चोरी भएको छ । प्रहरीका अनुसार लक्ष्मीपूजाको दिन राति ९ बजे उक्त चोरीको घटना भएको छ ।

    images

    प्रहरी परिसर, ललितपुरका प्रवक्ता सुधीरराज शाहीका अनुसार प्रियंकाको घरबाट ३० हजार रुपैयाँ नगद र करिब ५ तोला सुनका गहना चोरी भएको छ । उक्त नगद र सुन लक्ष्मीपूजा गर्न निकालिएको जनाइएको छ ।

    अभिनेत्री कार्कीको परिवार डिनरका लागि बाहिर गएको मौका छोपेर चोर शौचालयको झ्याल हुँदै घरभित्र छिरेको हुनसक्ने प्रवक्ता शाहीले जानकारी दिए ।

    images