बुधबार, कार्तिक १९ गते २०८३
images
images

ताप्लेजुङमा आगलागी हुँदा लाखौँको क्षति

एक्सप्रेस पाना
कार्तिक ११, २०७९ शुक्रबार
  • 205
    SHARES
  • ताप्लेजुङमा आगलागी हुँदा लाखौँको क्षति

    ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो ।

    images

    बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताए । आगलागीबाट घरभित्र भएको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायतका अन्य सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा अनुमानित १५ लाख बढीको क्षति भएको हुनसक्ने तामाङले जाकारी दिए ।

    क्षतिको यकिन विवरण भने आइनसकेको उनले बताए । आगलागीको कारण पनि खुल्न नसकेको वडाध्यक्ष तामाङले जानकारी दिए ।

    images