बुधबार, कार्तिक १९ गते २०८३
images
images

हिमाल आरोही इटालियन टोलीलाई पाँचपोखरीमा स्वागत

एक्सप्रेस पाना
कार्तिक १२, २०७९ शनिबार
  • 361
    SHARES
  • हिमाल आरोही इटालियन टोलीलाई पाँचपोखरीमा स्वागत

    पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ३ स्थित भोताङ हुँदै गाङचेम्पो हिमाल(६३८७ मि.) आरोहण गर्न ईटालीबाट आएका ईटालियन पर्वतारोही लाई शनिबार स्वागत गरिएको छ । पाँचपोखरी थाङ्पाल गाँउपालिकाले पहिलो पटक गाङ्चेम्पो हिमाल आरोहण गर्न आउने ईटालियन पर्वतारोही लाई शनिबार गाँउपालिकाको प्रवेशद्धार खाल्डे खोलामा स्वागत गरेको हो ।

    images

    गाँउपालिका अध्यक्ष टासी लामा,उपाध्यक्ष सुनिता अधिकारी,कार्यपालिका सदस्य, कर्मचारी र स्थानियले टोलीलाई स्वागत गर्नुभयो । पहिलो पटक पाँचपोखरी पदमार्ग हुँदै जाने १५ जनाको टोलीमध्ये ७ जनाले हिमाल आरोहण गर्ने र बाँकी बेस क्याम्पमा रहेर पर्वतारोहीलाई सहयोग गर्ने पाँचपोखरी थाङ्पाल गाँउपालिकाका अध्यक्ष लामाले बताउनुभयो ।

    ६३८७ मिटर उचाईमा रहेको गाङ्चेम्पो हिमाल १० दिन देखि १२ दिन सम्म आरोहण गरि टोलि फर्किने अध्यक्ष लामाले बताउनुभयो । राजधानी काठमाडौं बाट सबैभन्दा नजिक रहेको जुगल हिमश्रृङ्खला अन्तर्गत गाङ्चेम्पो हिमाल काठमाडौंबाट लगभग एक सय किलोमिटर दूरीमा छ । ६३८७ मी उचाई रहेको गङछेम्पो हिमाल १० देखि १२ दिनमा आरोहण गरी फर्कन सकिने भोताङका स्थानीयहरूले बताएका छन् ।

    images

    No description available.

    सन् १९३० मा ब्रिटिसआरोही बिल तिलमानले नेपालका विभिन्न हिमालको अध्ययन तथा आरोहणका क्रममा जुगल हिम श्रृंखलाका चुचुरा र हिमालहरूको आधार क्षेत्र साथै पाँचपोखरी हुँदै नेपालकै सबैभन्दा लामो पास तिलमान पास यात्रा गरेका थिए । सन् १९५५ मा तीन अमेरिकन महिलाले जुगल आरोहणको प्रयास गरेका थिए । हाई अल्टीच्यूडका कारण एक सदस्य बिरामी परेको र बाँकीले खराब मौसमका कारण ६ हजार एक सय ५१ मिटरसम्म यात्रा गरी फर्किएका थिए ।

    ‘त्यसयता जुगल हिम श्रङ्खलाका चुराहरु चढ्ने प्रयास भएको थिएन यद्यपि जुगल गाउँपालिकाले तीन वर्ष अघि एउटा टोली पठाएर सफल आरोहण गराएको थियो । त्यस यता कुनै शिखर खुलेको थिएन । संघीय सरकारको अनुमति र पाँचपोखरी थाङ्गपाल गाउँपालिकाको पहलमा गरिमा भ्यायाज रबिन्द्र अर्यालले नेतृत्व गरेको इटालीको टोली गाङछेम्पो हिमाल आरोहण गर्न आज आएको हो । पथ पहिचान गरी परीक्षण आरोहण सफल भएमा पर्यटन प्रवर्द्धन बाट समृद्ध पाँचपोखरी थाङपाल गाउँपालिका बनाउने हाम्रो एउटा महान् लक्ष्य साकार हुनेछ र स्थानियको आर्थिक तथा सामाजिक जनजीवनमा व्यापक परिवर्तन आउने गाँउपालिका अध्यक्ष टासी लामाले अपेक्षा गर्नुभयो ।