बुधबार, कार्तिक १९ गते २०८३
images
images

सन्दीपविरूद्ध १२ वर्ष कैद सजायको मागसहित अदालतमा मुद्दा दर्ता

एक्सप्रेस पाना
कार्तिक १४, २०७९ सोमबार
  • 172
    SHARES
  • सन्दीपविरूद्ध १२ वर्ष कैद सजायको मागसहित अदालतमा मुद्दा दर्ता

    नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।  

    images

    सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार दिउँसो मुद्दा दर्ता गरेको प्रमुख तथा सहन्यायाधीवक्ता अच्यूतमणि नेउपानेले जानकारी दिए।

    अदालतका सूचना अधिकारी दीपक दाहालले आज मुद्दा दर्ता भए पनि भोलिमात्रै थप प्रक्रिया अघि बढ्नेछ । 

    images

    ‘आज मुद्दा दर्ता भएर फिर्ता पठाइन्छ। भोलि गोलाप्रथा भएपछि बेन्च तोकिन्छ,’ उनले भने, ‘त्यसपछि थप प्रक्रिया अघि बढ्छ। बयान, बहस त्यसपछि सुरू हुन्छ।’

    जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। उक्त अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार सुरू भएकाले उनको मुद्दा दर्ता हुन सकेको थिएन।