बुधबार, कार्तिक १९ गते २०८३
images
images

सवारी दुर्घटनामा एक जनाको मृत्यु

एक्सप्रेस पाना
कार्तिक १४, २०७९ सोमबार
  • 180
    SHARES
  • सवारी दुर्घटनामा एक जनाको मृत्यु

    काठमाडौं । काठमाण्डौको तार्केश्वर नगरपालिका-२ नेपालटार भेडीगोठमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

    images

    काभ्रेस्थलीबाट जरङखुतर्फ जाँदै गरेको बा २१ च ५१०६ नम्बरको जिप आज बिहान १० बजे अचानक पल्टिएर बिपरित दिशाबाट आँउदै गरेको बा ५ ख २३५ नम्बरको बसमा ठोक्किएको थियो ।दुर्घटनामा गम्भिर घाइते भएका जिप चालक मकवानपुर घर भइ काभ्रेस्थली बस्ने २६ वर्षीय सुनिल तामाङको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा आज दिउसो सवा १२ बजे मृत्यु भएको हो । 

    घाईते भएका जिपका परिचालक काभ्रेस्थलीका २४ वर्षीय बिकेश तामाङको सोहि अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ । 

    images