बुधबार, कार्तिक १९ गते २०८३
images
images

न्युरोडमा एक पुरुषको शव भेटियो, हत्याको शंका

एक्सप्रेस पाना
कार्तिक १५, २०७९ मंगलबार
  • 180
    SHARES
  • न्युरोडमा एक पुरुषको शव भेटियो, हत्याको शंका

    काठमाडौंको न्यू रोडमा एक जना मृत फेला परेका छन्।मंगलबार बिहान शंकास्पद अवस्थामा करिब ४५ वर्षीय पुरुषको शव जुद्ध शालिकनजिकै फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए । 

    images

    उनको हत्या भएको आशंका प्रहरीले गरेको छ । मृतकको पहिचान हुन सकेको छैन । थप अनुसन्धान भइरहेको एसपी मैनालीले बताए ।