बुधबार, कार्तिक १९ गते २०८३
images
images

पश्चिमी वायुको प्रभाव : तीन प्रदेशमा वर्षाको सम्भावना

एक्सप्रेस पाना
कार्तिक १६, २०७९ बुधबार
  • 176
    SHARES
  • पश्चिमी वायुको प्रभाव : तीन प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं । हल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती, गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ । राति प्रदेश १, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ ।

    images

    बिहीबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    मौसम विश्लेषण 
    हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

    हाल मौसमको अवस्था
    देशभर मौसम सामान्यतया सफा रहेको छ।

    २०७९ कार्तिक १६ गते (बुधबार)
    दिउँसो: प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    राती:  प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

    २०७९कार्तिक १७ गते  (विहीबार)
    दिउँसो:  देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    राती: देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

    २०७९ कार्तिक १८ गते  (शुक्रबार)
    दिउँसो: देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    राती: देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श उल्लेखनीय चेतावनी  छैन।