बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रधानसेनापतिद्वारा तीन जर्नेललाई दर्ज्यानी चिह्न प्रदान

एक्सप्रेस पाना
कार्तिक १८, २०७९ शुक्रबार
  • 174
    SHARES
  • प्रधानसेनापतिद्वारा तीन जर्नेललाई दर्ज्यानी चिह्न प्रदान

    काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले उपरथीबाट रथीमा बढुवा हुनुभएका सीताराम खड्कालाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । 

    images

    सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति शर्माले सहायक रथीबाट उपरथीमा बढुवा हुनुभएका विजय थापा र आशबहादुर तामाङलाई पनि बढुवा भएको पदको दर्ज्यानी चिह्न प्रदान गर्नुभयो ।

    मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको बैठकले उहाँहरूलाई बढुवा गर्ने निर्णय गरेको थियो । सरकारले रथी खड्कालाई बलाध्यक्षको जिम्मेवारी प्रदान गरेको छ । 

    images

    सैनिक मुख्यालयले उपरथी थापालाई सुदूरपश्चिम पृतनापति र उपरथी तामाङलाई नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्षको जिम्मेवारी दिएको छ ।