बुधबार, कार्तिक १९ गते २०८३
images
images

निर्वाचनका लागि ८ करोड ३ लाख भन्दाबढी मतपत्र छापियो : निर्वाचन आयो

एक्सप्रेस पाना
कार्तिक १९, २०७९ शनिबार
  • 245
    SHARES
  • निर्वाचनका लागि ८ करोड ३ लाख भन्दाबढी मतपत्र छापियो : निर्वाचन आयो

    कात्तिक १९ काठमाडौं । आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि मतपत्र छाप्ने काम सम्पन्न भएको छ ।  

    images

    निर्वाचन आयोगले शनिबार उक्त कार्य सम्पन्न भएको जनाएको छ । जसमा कूल ८ करोड ३ लाख ९४ हजार ५०० मतपत्र छापिएका छन् ।

    यस्तै प्रतिनिधिसभा प्रत्यक्ष १ करोड ९८ लाख ७१ हजार र प्रदेशसभा प्रत्यक्ष १ करोड ९९ लाख १८ हजार ५०० मतपत्र छापिएको छ भने प्रतिनिधिसभा समानुपातिकको लागि २ करोड ४ लाख २१ हजार र प्रदेशसभा समानुपातिक २ करोड १ लाख ८४ हजार छापिएको निर्वाचन आयोले जनाएको छ ।

    images