बुधबार, कार्तिक १९ गते २०८३
images
images

कस्तो छ आजको मौसम ?

एक्सप्रेस पाना
कार्तिक २०, २०७९ आइतबार
  • 218
    SHARES
  • कस्तो छ आजको मौसम ?

    काठमाडौं । मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।  बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

    राति गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    images

    सोमबार प्रदेश १, गण्डकी, कर्णाली र लुम्बिनीका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू(भागका एक-दुई स्थानमा हल्का वर्षा हुनसक्ने ठानिएको छ ।