बुधबार, कार्तिक १९ गते २०८३
images
images

कस्तो छ आजको मौसम ?

एक्सप्रेस पाना
कार्तिक २६, २०७९ शनिबार
  • 221
    SHARES
  • कस्तो छ आजको मौसम ?

    काठमाडौं । आज पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।  हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात पनि हुनसक्ने ठानिएको छ ।

    महाशाखाका अनुसार राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

    images

    आइतबार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    हिमपातको सम्भावना रहेकोले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।