बुधबार, कार्तिक १९ गते २०८३
images
images

विश्वकप २०२२ हेर्न अतिरिक्त शुल्क लिनेसम्बन्धी रिटको सुनुवाइ स्थगित

एक्सप्रेस पाना
कार्तिक २७, २०७९ आइतबार
  • 178
    SHARES
  • विश्वकप २०२२ हेर्न अतिरिक्त शुल्क लिनेसम्बन्धी रिटको सुनुवाइ स्थगित

    फिफा विश्वकप २०२२ हेर्नका लागि ५०० रुपैयाँ अतिरिक्त लिइने मिडिया हबको निर्णय कार्यान्वयन गर्न मिल्ने वा नमिल्ने विषयमा आइतबार न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र डा. मनोजकुमार शर्माको इजलासमा तोकिएको पेसी हेर्न नभ्याइने सूचीमा हुँदै स्थगित भएको छ ।

    images

    अधिवक्ता किशोर पौडेललगायतले मिडिया हबको फिफा विश्वकप हेर्न अतिरिक्त शुल्क लाग्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

    रिटमा प्रारम्भिक सुनुवाइपछि न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले मिडिया हबको सो निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरी ३० गतेका लागि पेसी तोकेको थियो ।

    images

    अदालतको आदेश खारेज गर्न माग गर्दै मिडिया हबका तर्फबाट बिहीबार निवेदन पेस गरिएको थियो । 

    निवेदनमा अदालतको अल्पकालीन अन्तरिम आदेश खारेज गरी फिफाको ब्रोडकास्टसम्बन्धी कामकारबाही अगाडि बढाउन माग गरिएको छ ।