मकवानपुर : राष्ट्रिय प्रजातन्त्र पार्टीका बाग्मती प्रदेश सचिब तथा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ को “ख” का उम्मेदवार गुञ्जन बहादुर न्यौपानेले बाघ नियन्त्रण तथा किसानको क्षतिपूर्तिको लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनुभएको छ।
मकवानपुरमा हेटौडा उपमहानगरपालिका तथा मकवानपुरगढी गाँउपालिकाका विभिन्न क्षेत्रहरुमा बाघले घरपालुवा जनावर हरुलाई आक्रमण गरिरहेको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ को भैरवडाँडा, चौकिटोल, चाइनाक्वाटर लगायतका क्षेत्रमा पाटेबाघ र मकवानपुरगढीको आमभन्ज्याङ क्षेत्रमा चितुवा आतंकले स्थानीय वासिन्दाहरु त्रसीत भएका छन् ।
हेटौंडा क्षेत्रमा बाघले खोरका बाख्रा समेत खाएको र वन कार्यालयले राखेको क्यामेरामा समेत बाघ देखिएको छ । बाघले पशुचौपाया मार्न थालेपछि मकवानवपुरका स्थानीयहरु त्रसित बनेका छन् । यस्तो अवस्थामा बाघ नियन्त्रण र बाघले मारेका पशुचौपाएको क्षतिपुर्ती दिन न्यौपानेले माग गर्नुभएको छ ।
उहाँले विभिन्न निकायहरु निर्बाचन केन्द्रित भएको सन्दर्भमा पहिलो प्राथमिकताका शान्ति सुरक्षालाई ध्यान दिन जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रजिअ लाई ज्ञापनपत्र बुझाउनु भएको हो ।
.jpg)


