बुधबार, कार्तिक १९ गते २०८३
images
images

मेलम्चीका आगलागी प्रभावितलाई राहत

एक्सप्रेस पाना
मंसिर १, २०७९ बिहीबार
  • 237
    SHARES
  • मेलम्चीका आगलागी प्रभावितलाई राहत

    गत कार्तिक ७ गते मेलम्ची बजारमा भएको भिषण आगलागीका पिडितहरुलाई राहत प्रदान गरिएको छ । मेलम्ची ब्याडमिन्टन एकेडेमीका सदस्यहरुबाट संकलित सत्तरी हजार रुपैँया बिहिबार हस्तान्तरण गरिएको अध्यक्ष कुमार सापकोटाले जानकारी दिनुभयो । 

    images

    क्लबका आजीवन सदस्य कुमार भट्टराईले प्रभावित हरिशरण श्रेष्ठकी छोरीको शिक्षामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।साथै सम्पूर्ण संघसंस्था÷ महानुभावहरुलाई पनि सहयोगका लागि आग्रह गरिएको छ । यसअघि मेलम्ची नगर उद्योग बाणिज्य संघले पनि प्रभावितलाई सहयोग गरेको थियो । गत ७ गते दीपक दुलाल, राजन दुलाल, केदार दुलाल र माधव दुलालको घरमा आगालागी भएको थियो । उनीहरुको घरसँगै त्यहाँ रहेका तीनवटा पसल जलेर नष्ट भएको थियो ।