बुधबार, कार्तिक १९ गते २०८३
images
images

झापामा हात्ती मृत अवस्थामा भेटियो

एक्सप्रेस पाना
मंसिर १, २०७९ बिहीबार
  • 204
    SHARES
  • झापामा हात्ती मृत अवस्थामा भेटियो

    झापाको कचनकवलको घेराबारीमा एउटा हात्ती मृत फेला परेको छ । चारकोशे जलथल जङ्गलदेखि दुई किलोमिटर दक्षिण कचनकवल गाउँपालिका–१ स्थित घेराबारीका गङ्गा दाहालको धानखेतमा वयस्क भाले हात्ती मृतावस्थामा फेला परेको हो ।

    images


    मृत फेला परेको हात्तीको दाह्रा नरहेको कचनकवल–१ का वडाध्यक्ष महावीर लिम्बू रञ्जितले जानकारी दिए । उनका अनुसार हात्तीको शरीरमा चोटपटक नदेखिए पनि दाह्रा छैन ।

    डिभिजन वन कार्यालयको टोली आएर परीक्षण गरेर त्यहीँ खाल्डो खनेर पुरिएको हो । जलथल जङ्गलमा एक दर्जन बढी हात्ती बस्दै आएका छन् ।

    images