बुधबार, कार्तिक १९ गते २०८३
images
images

कस्तो छ आजको मौसम ?

एक्सप्रेस पाना
मंसिर २, २०७९ शुक्रबार
  • 214
    SHARES
  • कस्तो छ आजको मौसम ?

    काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    images

    राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी  भूभागमा आंशिक बदली रहनेछ । शनिबार सुदूरपश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ । 

    महाशाखाका अनुसार पछिल्ला दुई दिनमा प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको पनि आकलन गरिएको छ ।

    images

    महाशाखाले पर्वतारोहण र पदयात्रामा जाँदा सतर्कता अपनाउन भनेको छ ।