बुधबार, कार्तिक १९ गते २०८३
images
images

विश्वप्रकाशको निर्वाचन क्षेत्रमा कांग्रेसको चुनाव चिन्ह नभएको मतपत्र भेटिएपछि....

एक्सप्रेस पाना
मंसिर ४, २०७९ आइतबार
  • 204
    SHARES
  • विश्वप्रकाशको निर्वाचन क्षेत्रमा कांग्रेसको चुनाव चिन्ह नभएको मतपत्र भेटिएपछि....

    झापामा नेपाली काग्रेसको चुनाव चिन्ह नभएको मतपत्र भेटिएको छ । 

    images

    मेचीनगर-१४ मा रहेको बाल सुबोधनी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा रुख चुनाव चिह्न नभएको मतपत्र फेला परेको हो ।

    मतदान सुरु भएको केही समयपछि मतपत्रमा रुख चुनाव चिह्न नभएको पाइएपछि उक्त स्थानको मतदान केन्द्रको मतदान स्थगित भएको छ । 

    images

    सो बारेमा सत्यतथ्य थप बुझ्न निर्वाचन अधिकृत त्यहाँ जाँदै गरेको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।

    झापा क्षेत्र नम्बर-१ मा  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा एमालेका उम्मेदवार अग्नि खरेल छन ।