काठमाडौं । काठमाडौं उपत्यकाभित्र आज साँझ ७ बजेपछि मात्र सवारीसाधन चलाउन पाइनेछ। काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले ७ बजेपछि सवारीसाधन चलाउन पाइने जानकारी दिए ।
सरकारले प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार राति १२ बजेदेखि पासबिनाका सवारीसाधन चलाउनमा रोक लगाएको थियो । यतिखेर देशभर मतदान भइरहेको छ ।
‘साँझ ७ बजेपछि सवारीसाधन सुचारु हुनेछ,’ प्रवक्ता भट्टराईले भने। उनले बिना पासका १४ सय ३६ सवारीसाधनलाई ‘होल्ड’ गरिएको जानकारी दिए । उनका अनुसार दुई पांग्रे सवारीसाधन १३ सय ४९ वटा छन भने बाँकी चार पांग्रे सवारीसाधन रहेका छन् । यी सवारीसाधन ७ बजेपछि मात्रै सवारी धनीलाई जिम्मा दिइने उनको भनाइ छ ।
.jpg)


