बुधबार, कार्तिक १९ गते २०८३
images
images

मनकामना केवल कार २५ वर्षमा प्रवेश

एक्सप्रेस पाना
मंसिर ७, २०७९ बुधबार
  • 203
    SHARES
  • मनकामना केवल कार २५ वर्षमा प्रवेश

    मनकामना केवुलकार २५ वर्षमा प्रवेश गरेको छ । २०५५ मंसिर ८ गतेदेखि सञ्चालनमा आएको केवलरकाले अहिलेसम्म एक करोड ७० लाख यात्रु तथा भक्तजनलाई सेवा प्रदान गरेको जनाएको छ ।

    images

    चितवनको ईच्छाकामना र गोरखाको सहिद लखन गाउँपालिकामा जोडिएको केवलकारले कूल आम्दानीको एक एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व अन्तरगर सोही क्षेत्रमा खर्च गर्दै आएको छ ।

    त्यसैगरी केवलकारले डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागेको पनि जनाएको छ । 

    images

    यसै सन्दर्भ पारेर यसै समूहको भ्रातृ कम्पनी रिसोर्टस् बाई मनकामना केवल कार प्रालिले मनकामनामा ४० कोठाको रिसोर्ट पनि निर्माण गर्न लागेको जनाएको छ । यसको लागत ४८ करोड रुपैयाँ रहेको छ ।