बुधबार, कार्तिक १९ गते २०८३
images
images

सांसद चुनिएको प्रमाणपत्र प्राप्त गर्नसाथ दिपक सिंहको पहिलो अनुगमन हेटौँडा अस्पतालमा

एक्सप्रेस पाना
मंसिर १३, २०७९ मंगलबार
  • 226
    SHARES
  • सांसद चुनिएको प्रमाणपत्र प्राप्त गर्नसाथ दिपक सिंहको पहिलो अनुगमन हेटौँडा अस्पतालमा

    मकवानपुर : नव निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राप्रपा केन्द्रिय सदस्य दिपक बहादुर सिंहले हेटौँडा अस्पतालको अनुगमन गर्नुभएको छ।

    images

    मंसिर ४ मा सम्पन्न निर्वाचनबाट विजयी उमेद्वारहरुको लागी निर्वाचन कार्यलयले राखेको प्रमाणपत्र बितरण कार्यक्रम सकिए लगत्तै मकवानपुर निर्वाचन क्षेत्र न १ बाट विजयी दिपक बहादुर सिंह हेटौँडा अस्पताल पुग्नुभएको थियो । हेटौँडा अस्पताल अनुगमन गर्दै सिंहले अस्पतालको बिकास नै आफ्नो पहिलो प्रथामिकता रहेको बताउनुभयो ।

    No description available.

    images

    बागमती प्रदेशको राजधानीमा रहेको अस्पताल अझै पनि स्तरउन्नती नभएको देख्दा र उपचारका लागी जनताले दुख पाएको देख्दा आफुलाइ निकै दुख लागेको सिंहले बताउनुभयो। “अस्पतालको स्तरउन्नतिको लागि आफ्नो कार्यकालभरी म निरन्तर लाग्ने बाचा गर्दछु” सिंहले भन्नुभयो । अस्पतालका लागि आवश्यक बजेट सरकारसङ्ग माग गर्ने पनि उहाँले बताउनुभएको छ।