बुधबार, कार्तिक १९ गते २०८३
images
images

एमसीसी परियोजना सुरु

एक्सप्रेस पाना
मंसिर १३, २०७९ मंगलबार
  • 189
    SHARES
  • एमसीसी परियोजना सुरु

    मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल (एमसीए नेपाल) ले विद्युत प्रसारणलाइन निर्माणका लागि ठेक्का लिन चाहनेहरुको लागि आव्हान गरेको छ ।

    images

    एमसीए नेपालले लप्सीफेदी/रातमाटे/बुटवल प्रसारणलाइन निर्माणका लागि तीनवटा लटमा ठेक्काका लागि सूचना निकालेको हो ।

    लप्सीफेदी/रातमाटे/न्यु हेटौंडा पहिलो लट (११७ किमि), दोस्रो लटमा रातमाटे/न्यु दमौली (९० किमि) र तेस्रो लटमा न्यु दमौली/न्यु बुटवल, न्यु बुटवलबाट भारतीय सीमासम्म (१०८ किमि) गरी कुल ३१५ किलोमिटर रहेका छन् ।

    images

    विद्युत प्रसारणलाइन निर्माणका लागि इच्छुक कम्पनीले २७ मार्चसम्म आवेदन दिन सक्ने एमसिए नेपालले जनाएको छ । यो ठेक्का पाउने कम्पनीले डिजाइन, सप्लाई, डेलिभरी, इन्स्टलेसन, टेष्टिङ, कमिसनिङ सबै काम गर्नु पर्नेछ ।

    सन् २०२३ को अगष्टबाट निर्माणको काम सुरु गर्ने कार्यतालिका छ भने परियोजनाका सबै काम २०२८ अगष्टमा सक्नुपर्नेछ । यो आयोजना ५ वर्षमा निर्माण सम्पन्न गर्नु पर्नेछ ।