बुधबार, कार्तिक १९ गते २०८३
images
images

२७ मङ्सिर सम्ममा काठमाडौँमा मेलम्चीको पानी वितरण गरिने : मन्त्री चौधरी

एक्सप्रेस पाना
मंसिर १४, २०७९ बुधबार
  • 160
    SHARES
  • २७ मङ्सिर सम्ममा काठमाडौँमा मेलम्चीको पानी वितरण गरिने : मन्त्री चौधरी

    मेलम्ची । खानेपानी मन्त्री उमाकान्त चौधरीले मङ्सिर २७ गतेसम्ममा काठमाडौँमा मेलम्चीको पानी वितरण गरिने बताउनुभएको छ । 

    images

    मङ्गलवार मेलम्ची खानेपानीको कार्यप्रगति बुझ्न मेलम्ची खानेपानीको मुहान स्थल अम्बाथान पुग्नु भएका मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो । गत जेठ दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीको पानी गत सोमबारदेखि सुरुङमा हाल्न थालिएको छ । पानी सुरुङमा हालेको करिब १० देखि १२ दिन पछि काठमाडौँमा पुग्ने मेलम्ची खानेपानी आयोजनाका साइड डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो ।