मंगलबार, श्रावण १२ गते २०८३
images
images

चिसोका कारण धनुषामा एक जनाको मृत्यु

एक्सप्रेस पाना
पौष २१, २०७९ बिहीबार
  • 355
    SHARES
  • चिसोका कारण धनुषामा एक जनाको  मृत्यु

     धनुषा । चिसोका कारण धनुषामा एक जनाको ज्यान गएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार धनुषाको जनक नन्दिनी गाउँपालिका वडा नं. १ का मनोज यादवको चिसोका कारण ज्यान गएको हो । चिसो बढ्दै गएपछि धनुषासहित तराईका जिल्लाको जनजीवन प्रभावित हुन थालेको छ ।जाडोका कारण धेरैजसो विद्यालयमा बिदा दिइएको छ भने बजारमा चहलपहल घटेको छ ।

    चिसोमा कारण भाइरल सङ्क्रमण ज्वरो, निमोनिया, रुघाखोकीका बिरामी पनि बढ्न थालेका छन् । तराईका जिल्लामा दिनभरजसो घाम लाग्दैन । चिसो देशैभर बढेको भए पनि बढी असर तराईका जिल्लामा परेको छ ।

    images

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जाडोबाट मानवीय क्षति नहोस् भन्नका लागि स्थानीय पालिकाले काम गरिरहेको बताए पनि त्यो प्रभावकारी देखिएको छैन । प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्टराईले  शीतलहर र चिसोबाट जोगाउन पालिकाहरुसँग समन्वय भइरहेको बताउनु भएको छ । तराईका विभिन्न जिल्लामा शीतलहर चलेको छ ।