मंगलबार, श्रावण १२ गते २०८३
images
images

एनसीएचएचले गर्यो भुकम्प पीडितलाई सहयोग: एनआरएन क्यानडालाई रकम हस्तान्तरण

एक्सप्रेस पाना
मंसिर १०, २०८० आइतबार
  • 550
    SHARES
  • एनसीएचएचले गर्यो भुकम्प पीडितलाई सहयोग: एनआरएन क्यानडालाई रकम हस्तान्तरण

    मंसिर १०, पोखरा (विज्ञान कार्की )। क्यानडको ब्राम्प्टनमा रहेको गैरनाफामूलक संस्था नेपाली क्यानेडियन हेल्पिङ ह्यान्ड्स (एनसीएचएच)ले जाजरकोट-रुकुम भूकम्प पीडितहरूलाई सहयोग गर्न १११०.०० डलर गैरआबसिय नेपाली संघ क्यानडा (एनआरएनए) क्यानडालाइ हसतान्तरण गरेको छ। 

    images

    एनसीएचएचका सदस्य रेविका वैद्य, शोभा पिया, प्रतिमा प्रधान श्रेष्ठ, सिर्जना डंगोल, सिर्जना श्रेष्ठ र पूजा श्रेष्ठले एनआरएनए क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठलाई उक्त कोष हस्तान्तरण गरेका थिए। 

    दान गरिएको रकम एनआरएनए क्यानाडाको आपत्कालीन सहयोग भूकम्प कोषसँगको सहकार्यमा कर्णाली प्रदेश विपद् व्यवस्थापन समितिमा हस्तान्तरण गरिने जानकारी एनआरएनए क्यानाडाले बिज्ञप्ति मार्फ़त जानकारी दिएको छ।

    images

    एनसीएचएचले देउसी भैलो कार्यक्रम मार्फत रकम जुटाएको हो। एनआरएनए क्यानडाले एनसीएचएच र देउसी भैलो पहलमा दान गर्नेहरूलाई भूकम्पपीडित कोषमा आफ्नो बहुमूल्य योगदानको लागि कृतज्ञता व्यक्त गरेको कुरा एनआरएनए क्यानाडाका उपाध्यक्ष कीरोज श्रेष्ठले कार्यक्रममा भने।

    No description available.

    २०२० मा स्थापना भएको समाजिक संस्थ नेपाली क्यानेडियन हेल्पिङ ह्यान्ड्सले नेपालले क्यानडाका एक दर्जनभन्दा बढी परोपकारी कार्यक्रमहरूमा सहयोग पुर्‍याइसकेको छ।