मंगलबार, श्रावण १२ गते २०८३
images
images

कहाँ छन्, कालापानी, लिपुलेक......

एक्सप्रेस पाना
माघ १०, २०८० बुधबार
  • 1.3K
    SHARES
  • कहाँ छन्, कालापानी, लिपुलेक......

    कहाँ छन् कालापानी, लिपुलेक र लिम्पियाधुरा   
    मन मोहित हुन्छ हेरेर तिनको सुन्दरता    
    देशको स्वाभिमानलाई जोगाउनु छ।    
    यहाँ देशको रक्षा गर्नु छ।
     
    चिच्याउँछन् रुन्छन् पहाड,पर्वतले धेरै प्रश्न गर्छन्।
    कता गयौ वीर योद्धाहरू खोजि गर्न सक्छन्। 
    लिपुलेक कालापानी हाम्रो हो, फिर्ता ल्याउनु पर्छ।    
    कालापानी हाम्रो मुटु हो बचाउनु छ। 
     
    काला पानीको आफ्नो कथा छ।
    यी पहाड, हिम श्रृखलाले देशलाई चिनाउँछ।
    लिपुलेक र लिम्पियाधुरा कालापानी हाम्रै हो।
    यी आँखाले हेर्न खोजेको उनलाई नै हो।

    images

    कहाँ छन् कालापानी, लिपुलेक र लिम्पियाधुरा 
    मन मोहित हुन्छ हेरेर तिनको सुन्दरता।      

            लेखक- गोबिन्द राज ओझा (राजन)                    
                 ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

    images