मंगलबार, श्रावण १२ गते २०८३
images
images

१६ लाख रुपैयाँ हुण्डी रकमसहित एक जना भारतीय नागरिक पक्राउ

एक्सप्रेस पाना
पौष २७, २०७९ बुधबार
  • 336
    SHARES
  • १६ लाख रुपैयाँ हुण्डी रकमसहित एक जना भारतीय नागरिक पक्राउ

    हुण्डी रकमसहित एक जना भारतीय नागरिकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार राज्य मधुवनी जिल्ला ग्राम पञ्चायत दुहवी महिनाथपुरका ४२ वर्षीय राजेशकुमार साह रहेकोे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    images

    साहलाई स्रोत नखुलेको १६ लाख रुपैयाँसहित पक्राउ गरिएको छ । प्रहरीका अनुसार यो रकम हुण्डी कारोबारमा प्रयोग भएको खुलेको छ ।

    साहमाथि शंका लागेर जाँच गर्दा स्कुटरको डिक्कीभित्र लुकाइ भारतबाट नेपालतर्फ ल्याउँदै गरेको बेला धनुषाको विदेह नगरपालिका–२ दुहवीबाट पक्राउ गरिएको हो ।

    images

    कालो प्लाष्टिकको झोलामा एक हजारको नोट ७ सय ४८ थान, पाँच सयको नोट एक हजार ६ सय ४४ थान, एक सयको दुई सय ६० थान र ५० रुपैयाँका ८० थान नोट प्रहरीले बरामद गरेको छ । बरामद भएको रकम जनकपुर भन्सार कार्यालयमा पठाइएको  छ भने साह अहिले धनुषा प्रहरीको नियन्त्रणमा रहेका छन् ।