मंगलबार, श्रावण १२ गते २०८३
images
images

दाङमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

एक्सप्रेस पाना
पौष २८, २०७९ बिहीबार
  • 357
    SHARES
  • दाङमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

    काठमाडौं । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–११ अवलडाँडामा तीन जना सवार रहेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

    images

    दुर्घटनामा घोराही– १० का १८ वर्षीय सरोज चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक १९ वर्षीय मंगल चौधरी र सोही मोटरसाइकलमा सवार २३ वर्षीय ऋषिराज चौधरी घाइते भएका छन् ।

    उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । ऋषिराजको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    images