शनिबार, श्रावण ३० गते २०८३
images
images

आजको राशिफल : २०८० बैशाख ३० गते शनिवार

एक्सप्रेस पाना
बैशाख ३०, २०८० शनिबार
  • 393
    SHARES
  • आजको राशिफल : २०८० बैशाख ३० गते शनिवार

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    images

    उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ। आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    images

    मनग्गे अर्थ लाभ पनि हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ। काममा लगानी गर्न केही समय प्रतीक्षा गर्नुहाेला। पढाइलेखाइमा पनि समय दिन नसकिएला। अरूको भरपर्दा काम राेकिन सक्छ, सजग रहनुहोला।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला।

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन्। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। फुर्सद मिल्नुका साथै यात्रा गर्ने अवसर जुट्न सक्छ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    अरूको फाइदाका लागि उपयोग भइनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा गुमेकाे अधिकार स्थापित हुनेछ। सानै प्रयत्नले लक्ष्यमा पुग्न सकिनेछ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    अवसरका लागि केही दौडधुप गर्नुपर्ला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिनाले व्यर्थैमा दुःख पाइनेछ। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। सावधान नहुँदा हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    आवेशको निर्णयले काम बिग्रन सक्छ। तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ। साँझतिर वादविवादले समस्या निम्त्याउन सक्छ, सजग रहनुहोला।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    विशेष भेटघाटले काममा उत्साह बढाउला। सामाजिक दायित्व हातलागी हुनेछ। प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ। खाँचाे टार्न कर्जा समेत लिनुपर्ला। धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुपर्नेछ। परिस्थितिवश आफन्तबाटै टाढिनुपर्ने अवस्था आउन सक्छ।

    तपाईको दिन शुभ रहोस् ।

  • सम्बन्धित विषय:

  • # राशिफल