शनिबार, श्रावण ३० गते २०८३
images
images

आजको राशिफल : २०८० जेठ ९ गते मंगलवार

एक्सप्रेस पाना
जेठ ९, २०८० मंगलबार
  • 374
    SHARES
  • आजको राशिफल : २०८० जेठ ९ गते मंगलवार

    आजको राशिफल : २०८० जेठ ९ गते मंगलवार
    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    images

    वादविवादमा तपार्ईँकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग व्यापार व्यावसायमा मन्दि । 

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    images

    मान सम्मानमा बृद्धि भएर जानेछ । अध्ययनमा प्रगती हुनेछ भने अरुलाई पछी पार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ । विलासी वस्तुको प्रयोग मार्फत अरुको मन लोभ्याउन सकिनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    काम गर्ने जोस जागर बढेर आउनेछ । अध्ययन अध्यापनमा अरुलाई पछिपार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मिठो बोलेर अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । 

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    भनेजस्तो नतिजा आउने हुदा मन खुसी रहनेछ । धार्मिक तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ । घरमा बसेर अध्ययन गरि बौद्धिक क्षेत्र फराकिलो बनाउँन सकिनेछ । तरपनि यात्रा नगर्नुहोला । सरसफाईमा ध्यान दिनुहोला ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    समय लागे पनि मिहिनेतले काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा पनि फाइदै हुनेछ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    भनजस्तो सफलता प्राप्त गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गर्दा आउँने दिनमा भनेजस्तो आम्दानी गर्न सकनेछ । तरपनि तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    लगानीबाट आम्दानी हुनेछ । अध्ययन तथा अनुशन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ । आमा वा आमा सरहका मानिससँग सँगै बसेर समय व्यातित हुनेछ । 

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुलाई पछी पारी आफू अगाडी बढ्ने समय रहेको छ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    आशिर्वादले अगाडी बढ्न सहज हुनेछ । परिवारमा मेलमिलावको भाव बढ्नेछ भने एक अर्का विच आत्मियता बृद्धि भएर जानेछ । मामा तथा मावली पक्षका मानिस सँग भेटघाट हुने हुनालेमन प्रशन्न रहनेछ । 

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    काम रोकिन सक्छ। अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार र सानो असमझदारीले आफन्तजन टाढिन सक्छन्। 

    तपाईको दिन शुभ रहोस् ।

  • सम्बन्धित विषय:

  • # राशिफल