राम्रो शिक्षाले जो कोहीलाई बदल्छ राम्रो शिक्षकले सबैलाई बदल्छ भन्ने अज्ञात भनाईबाट लेख्न सुरुवात गरे। शिक्षक आन्दोलनको बेला काठमाडौमा रहेर सडक जाममा पिडितमध्ये आफु पनि भएकाले कता कता रिस उठ्छ तर ड्रेसमा आएका शिक्षक शिक्षीका सडकमा नारा लगाउदै हिडेको देख्दा मन रुन्छ तर कुनै ताकाका शिक्षक अहिले राष्ट्र हाक्ने पदमा हुदाँ यो बिचित्र खप्नु पर्दा शिक्षक कति रोए होलान सोच्यौ त? तिनै शिक्षकलाई लिस्नो बनाएर उचाई पुगेकाहरुबाट शिक्षकलाई खेदो खन्नु कति जायज हो समय आउला देखाउला दिन संधै एकनास हुन्न पृथ्वि गोलो छ पर्खि पसे एकदिन भन्न पाइन्छ।
चार वर्ष चक डष्टर र स्टेनसिलबाट सुरु गरी मार्करमा आएको शिक्षक भएको नाताले यो पेशाकर्मिलाई हेपेको आफुलाई खल्लो लाग्छ। अपवाद बाहेक सबै जसो शिक्षक असल छन्। कक्षामा पुगेर पढाउनलाई साधन, श्रोत, भौतीक पुर्वाधार पटक्कै छैन दोष शिक्षकलाई। किताब समयका आउदैन, भवन छैन फर्निचर छैन खोलामा पुल छैन बच्चा बर्षा लागेपछी स्कुल आउदैन। कहिँ बच्चा गोठ जान्छ बोलाएर ल्याउनु पर्छ। अभिभाबक पढाउन मान्दैनन्। कहिँ विद्यार्थी घेरै छन् शिक्षक नपुग छ दरवन्दि छ सरकार शिक्षक पठाउदैन। नेता असल, शिक्षक खराब दोषी चश्मा हामी पुवाग्रहि छौ त्यसैले पिडित छौ। स्कुलभन्दा गगनचुम्वी सरकारी भवन, जेल, भ्युटावर बनाउछौ अनि स्कुल भत्केर चौरमा बसाएर पढाउछौ पानी परे विद्यार्थीलाई बिदा दिन्छौ कति राम्रो छौ हामी हाम्रो चलन र शासन।
काठमान्डौ जस्ता शहरका दुई चार हजार शिक्षक हेरेर दुरदराजमा पढाउने शिक्षकलाई सराप्ने लाई पाप लाग्छ। आफु स्कुलमा पनि हजुरबा र बा काकाहरुले पढाएको पढने भाग्यमानी मध्येको हुँ यसमा ”काठ गुन काठ बैगुन छ” तर यो पुरानो समयको कुरा थियो। शेक्सन अफिसर र सिडियोको बराबर तलब खान्छन काम गर्दैनन् भन्ने आरोप सुने। अचम्म लाग्यो शिक्षकले काम गर्न लाई विद्यालयमा साधन श्रोत कति छ त्यो पनि बिचार गर्ने कि विद्यालयलाई दिने बजेट साधन श्रोत गतिलो नेताले हसुर्छन अनि दोष शिक्षकलाई अगतिलो शिक्षक। कडा गरेर पढायो भने अभिभावक जान्छ कराउँछ हामीले कति गरेर हुर्काएका छोरा छोरीलाई गाली गर्न र पिटन पाउन्नस तैले भन्छन्।
गाली डर त्रास नदेखाए बच्चा पढदैनन्। कस्तो पिडामा छ शिक्षक तर, दुनिया त्यहि सिक्षक लाई लान्छना,आरोप र गाली दिन्छ हेप्छ भाते मास्टर भन्छ। समाजले गन्दैन काम नलाग्ने पेशा मानेको समाजले शिक्षकबाट काम लाग्ने शिक्षा किन खोज्छ समाज कति निकृष्ट छ कति पुर्वाग्रही नेता आफ्ना कार्यकर्ता अन्य स्थानमा जागिर लगाउन नसके शिक्षक त भैहाल्छ नी भन्छ आफन्त लाई शिक्षक बनाउर पठाउछ अनि शिक्षक खराब भन्छ समाज।अब आन्दोलनको कुरा गरौ शिक्षक स्थानिय निकाय मातहतमा नबस्ने रे शिक्षकले पनि केहि सोचेर बुझेर थाहा पाएर यस्को बिरोध गरेका होलान नि पक्कै दुई कौडीका टपरटुई्या नेता जस्ता त पक्कै होइन होला। शिक्षकलाई अनिवार्य स्नातक योग्यता सुन्दा त मिठो चकलेटि लाग्छ व्यवहारमा कहाँ हुन्छ सबै जानेका सम्पन्न देशमा ठिक्कैका दुबई कोरीया र नजान्ने कमजोर साउदी कतार जान्छन पढाउने शिक्षक भन्दा डिपार्टमेन्टल स्टोर्समा तलव धेरै हुन्छ रे अनि स्नातक कहाँबाट ल्याउने स्कुल जान नदिने क्याम्पसमा पढन नदिने हड्ताल मात्र गराउने गरिबका छोरा छोरीलाई बिगार्ने अनि अहिले स्नातक माग्ने कस्तो गतिलो नेता, कती उत्कृष्ट सोच तर अव्यवहारिक बिचार जुन स्टन्ट मात्र हो लागु गर्न कुनै शासकले सक्दैन। कसै कसैले आन्दोलनमा आउने शिक्षकका छोराछोरी सरकारी विद्यालयमा पढदैनन् भनेको सुने। मानीसले निजिमा किन पढाउछन थाहा छ। सजिलोको लागि पैसा कसैलाई पनि बढि हुन्न। तर बाध्यता छ। घरैमा बस आउछ बिहान बेलुका सुरक्षीत छ दिनभर बच्चा स्कुलको जिम्मामा आफु फर्सदिलो भईयो कमाउन सजिलो। बिहानै खुल्छ आफु काममा जान सकियो बच्चा स्कुल छाडेर पनि खाजाको सुबिधा आदि सकारात्मक कुरा छन्। यदि सरकारीमा राख्यो भने सबै कुरा आफैले गर्नुपर्ने, कसरी जागिरमा जाने। यो सबै कुराको समाधान निजिले गर्छ। पैसा बढि लिन्छ। अनि पठाउन परेन त?
यो समाज कति स्वार्थी निर्लज्ज अहंकारी निर्बिबेकी छ सारा दोष शिक्षकको हुँदा हुादै संघियता बिरोधी रे शिक्षकलाई सबै कुराको दोष,शासक आफु देश बिगार्ने अनि दोष शिक्षकलाई योगदानमा आधारित पेन्सनको विरोध गर्न पाइयो मानौ कि सुव्वाले पाँच वर्षमा घर ठड्याढछ शिक्षकले के गर्छ साँचौं त अनि शिक्षक खराव नपढाउने नेताको झोला बोक्ने शिक्षक संघ, संगठन युनियन कसले बनायो राजनिती गर्न कसले सिकायो। स्थानिय निकायबाट शिक्षक सरुवा र बढुवा आदि हुदाँँ सबैको टाउको दुखाई किन? समिक्षा गरौ। केहि बर्ष अगाडि रोैटहटको एक विद्यालयमा सञ्चालक समिती अर्थात व्यवस्थापन समितिको चुनावमा दलको राष्ट्रिय चुनाव भन्दा कम थिएन यो एक उदाहरण हो सबै तिर यहि नियती छ। कामै नलाग्ने लम्फु दलको बलमा विद्यालय व्यवस्थापन समतिको अध्यक्ष बनेको छ त्यसबाछ शिक्षकले के आशा गर्ने? अब यो परिस्थितीमा कसरी निस्पक्ष होला दलको ट्यागमा काम हुने आफु इतरका लाई सताउने दुःख दिने होला कि भन्ने आसंका गर्नु अन्यथा होईन संका गर्नु अपराध होईन सरकारले विश्वाश दिलाउन सक्नु परयो।
शिक्षकलाई न घुस, न कमिसन, न बोनस, न अन्य आय, सुःखा तलव को भर छ तैपनि बिदा लामो पाइने हुदाँ अलिक घरको काम गर्न पाइन्छ। जुन सुविधा कर्मचारीलाई छैन। सधै जिवनभर एउटै लुगामा जिवन बिताउने सादा जिवन उच्च बिचार लिने शिक्षकलाई हेयको दृष्टिले राज्यले हेर्यो भन्दैमा हामीले अन्यथा नगरौ। सहि शिक्षक, खेताला शिक्षक, झोले शिक्षक को भेद गरौ। समस्या राख्न शहर आउने बाध्यता बुझौ। शिक्षकको आन्दोलनलाई सकारात्मक बुझौ। शिक्षक नेता जस्ता ठग बदमास झुट पक्कै होइनन तसर्थ गाली गलौज रोक्यौ। शिक्षा बुझने मानीसले मात्र शिक्षक बुझ्दछ। सकारात्मक समाधान खोजौ। साढे चार लाख शिक्षक लाखौ विद्यार्थिलाई अलपत्र नपारौ देशलाई प्रयोगशाला नबनाउ समयमै समाधान खोजौ गरिवका सन्तानको विचल्ली नपारौ। निमुखा शिक्षकलाई रुवाउने काम कदापी नगरौ।



