बिहीबार , कार्तिक २० गते २०८३
images
images

यू-१९ एसिया कपको खेल तालिका सार्बजनिक, कहिले खेल्दैछ नेपाल ?

एक्सप्रेस पाना
कार्तिक २२, २०८० बुधबार
  • 400
    SHARES
  • यू-१९ एसिया कपको खेल तालिका सार्बजनिक, कहिले खेल्दैछ नेपाल ?

    काठमाडौँ । एसीसी यू-१९ एसिया कपको खेल तालिका सार्बजनिक भएको छ । एशियन क्रिकेट काउन्सिलले बुधबार सार्बजनिक गरेको खेल तालिका अनुसार नेपाल समुह ए मा भारत, पाकिस्तान र अफगानिस्तानसँग परेको छ ।

    images

    दुबईमा हुने यू-१९ एशिया कप मङ्सिर २२ (डिसेम्बर ८)  देखि पुस १ (डिसेम्बर १७) सम्म हुने एसीसीले जनाएको छ ।

    खेल तालिका अनुसार नेपालले मङ्सिर २२ (डिसेम्बर ८) मा पाकिस्तानको सामना गर्ने छ । त्यस्तै नेपालले दोस्रो खेलमङ्सिर २४ (डिसेम्बर १०) मा अफगानिस्तानको र मङ्सिर २६ (डिसेम्बर १२) मा भारतको सामना गर्ने छ ।

    images

    कुल ८ देशले भाग लिने यू-१९ एशिया कपको समुह बी मा भने बंगलादेश, जापान, श्रीलंका र युएई रहेका छन् ।

    दुवै समुहबाट शिर्ष दुई स्थानमा रहने देशले सेमिफाइनलमा स्थान बनाउने छन् । यू-१९ एशिया कपको सेमिफाइनलका खेल मङ्सिर २९ (डिसेम्बर १५) मा हुने छन् भने फाइनल खेल पुस १ (डिसेम्बर १७) मा हुने छ ।

  • सम्बन्धित विषय:

  • # यू-१९ एसिया