शुक्रबार, भाद्र २६ गते २०८३
images

नबिल बैंकले ११ प्रतिशत लाभांश वितरण गर्ने

एक्सप्रेस पाना
मंसिर ७, २०८० बिहीबार
  • 238
    SHARES
  • नबिल बैंकले ११ प्रतिशत लाभांश वितरण गर्ने

    मंसिर ७, काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ। 

    images

    बिहीबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

    कम्पनीले करसहित नगद लाभांश वितरणको प्रस्ताव गरेको हो। जसअनुसार बैंकको सेयर लगानीकर्ताहरुले प्रति सेयर ११ रुपैयाँका दरले नगद लाभांश पाउनेछन्। 

    images

    तथापि, बैंकको लाभांश भने नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीमा लाभांश वितरण हुने छ।

  • सम्बन्धित विषय:

  • # नबिल बैंक