मंगलबार, श्रावण १२ गते २०८३
images
images

मैले जीवनमा गर्व गर्ने कुरा अन्तर्वार्तामा सोधियो

एक्सप्रेस पाना
पौष १७, २०८० मंगलबार
  • 1.8K
    SHARES
  • मैले जीवनमा गर्व गर्ने कुरा अन्तर्वार्तामा सोधियो

    गर्व गर्ने विषय धेरै हुन्छन्। कोही मेरो छोराले त फलानाकी छोरी भगाएर बिहे गर्‍यो भन्ने हुन्छ, कोही त मेरो छोरो त मासु नभई भात खान्न भन्ने पनि हुन्छ। गर्व गर्ने विषय नकारात्मक र सकारात्मक हुन्छन् जसमा सकारात्मक कुरामा गर्व गरेमा पाच्य हुन्छन् अन्यथा अपाच्य हुन्छ। 

    images

    कुनै कुनै बेला गर्वले घमन्ड, अहंकार, जिद्धिको भावना आउँछ। गर्व नगर्ने मानिसमा लघुताभास, निराशा, आत्मबलको अभाव, एक्लोपना हुन्छ। जसले आत्महत्या, डिप्रेसन जस्ता घटना, रोगतर्फ डोर्‍याउँछ। जीवनमा धेरै उतारचढाव भए, हुँदैछन्, हुनेवाला पनि छन्। तर, म आफूले जीवनमा गर्व गर्नलायक केही गरेजस्तो लाग्दैन। 

    आजका दिनसम्म स्वदेशी तथा विदेशीसँग गरेर करिब ३० बढी अन्तर्वार्ता दिइयो होला। तर, यो पछिल्लो अन्तर्वार्ता पेचिलो रह्यो। त्यस अर्थमा कि जहाँ मेरो जीवनमा अहिलेसम्म कै मैले गर्व गर्ने कुरा सोधियो। आफ्नो शुरूआती दिनदेखि नै जागिर सामाजिक संघसंस्था तथा सामुदायिकतर्फ रह्यो। जसमा देखाउने कुरा र नाप्ने मापदण्ड हुँदैन। 

    images

    विदेशीले हरेक काम कुरा विषयको तथ्याङ्क निकाल्छन् तर हामीसंग त्यो गणना र मापन गर्ने विधि नै छैन। हुन त हाम्रो समाजमा हिङ्ग नभएपनि हिङ्ग बाँधेको टालो भन्छन् जुन अर्को गर्व गर्ने उदाहरण हो। जसमा पैतृक सम्पति धाक रवाफ घमण्ड हुन्छ। कोहि कोहि जेलबाट छुट्दा पनि गर्व गर्दै माला लगाएर अविर जात्रा गर्दै बाहिर आउछन्। कसैलाई अंग्रेजी भाषाको, कसैलाई रिसर्चको, कसैलाई डिजाइनको, कसैलाई कलाको, कसैलाई संगितको, कसैलाई गलाको, कसैलाई जागिरका, कसैलाई सन्तानको सकैलाई,कामको कसैलाई पढाईको गर्व हुन्छ । घमण्ड गर्नु गलन कुरा हो तर केहि हदसम्म घमण्ड आवश्यक छ जुन गर्व गर्ने भनेर बुझन सकिन्छ। कोहि नेपाली हुनुमा गर्व गर्छन्, कोहि हिन्दु हुनुमा गर्व गर्छन्, कोही जागिरमा गर्व गर्छन्, कोही पेशामा, कोहि व्यापारमा गर्व गर्छन्। 

    नाम त सुव्वीनी के खाएर उभिनु, धाक भन्दा धक्कि ठुला हिँडन लाए खुट्टा लुला, जस्ता कुरा पनि गरिन्छ यी उदाहरण पनि गर्व गर्ने कुरा संग जोडिन्छ।इन्जीनियरले यति बाटो पुलको डिजाइन गरे भन्ला, डाक्टरले यति अपरेसन सफल गरे भन्ला, कसैले यति पैसा कमाइयो घर बनाइयो भन्ला तर मेरो देखाउने कुरा त्यस्तो केहि थिएन। देशमा युद्ध भयो, कति नेता बने, उनिहरुको आफनै गर्वको कथा छ। व्यापारीले व्यापार बढाए, चिने, चिनाए गर्व छ। जागिरेले जागिर खाए पद, नाम बढाएकोमा गर्व गर्छ तर मेरो गर्व गर्ने कुनै कुरा छैन। यति देश घुमे, यति कमाए, यति बैंक व्यालेन्स छ, यति ठाउँमा घडेरी छ, यति वटा घर छ।
     
    एकजना चिनेको दाईले सरकारी जागिर छोड्नुभयो। किन भन्दा आफनै काम गर्ने भनेर अन्य चिनजानका मानिसहरुले अचम्म माने तर उहाँको आफनै मत होला या उहाँलाई आफनै काममा आफनै फर्म चलाउनु मा गर्व छ होला। आजको धुर्त समाजमा अरुको काम मैले गरे भन्ने जस लिने, आफुलाई अगाडि ल्याउने गर्व गर्ने पनि छन्। तिनै मानिस सफल र अव्वल छन्। आजको यस दुनियामा अरुलाई भर्याङ्ग बनाएर माथि पुग्ने मानिसहरु आफु महान भएकोमा गर्व गर्छन्।  

    अस्पतालदेखि ट्रेडिङ्ग सेन्टरसम्म, रेष्टुराँदेखि पव्लिकेसन्ससम्म, कस्ट्रक्सनदेखि कलेजसम्म, एसोसियसनदेखि एनजिओसम्म अन्तर्वातामा दिने क्रममा कति अन्तर्वाताकारले मबाट पनि सिके। कति कुरा मैले उनिहरुबाट सिके। जिवन सिकाई र भोगाइ रहेछ। यस क्रममा आफ्ना कमजोरी, सुधार गर्नुपर्ने कुरा सिक्न, जान्न र बुझ्नपुर्ने बिषयमा थप ज्ञान पनि रहयो। गर्व गर्ने कुरा आफैमा गहन कुरा हो तर सर्टिफिकेट, नम्वर, माक्र्स, ग्रेड, क्रेडिटको प्रमाणपत्र नभएपछि अनुभव ज्ञानको अर्थ नहुँदो रहेछ।

    एकजना सरले भन्दै हुनुहुन्थ्यो “म त जुन उमेदवारले धेरै तलव माग्छ त्यसैलाई काममा राख्छु।” यसको अर्थ जसमा आँट हिम्मत, हौशला, जोश र जाँगर छ उसले त गर्व गर्छ। जो गर्व गर्छ, उ नै अगाडि बढ्छ। पछाडि बसेको मानिसलाई कसैले पनि अगाडि बोलाएर अवसर दिदैन। हुन त गोराहरु व्याक बेन्चेजहरु स्मार्ट हुन्छन भन्छन्। तर, हामी र हाम्रा समाजमा यो कुराको अर्थ अर्के छ। कोहि काठमाडौ वासी भएकोमा कोही स्याङ्गजाली भएकोमा कोहि झापाली भएकोमा गर्व गर्छन कोही गर्व त परै जाओस आफु पहिचान लुकाउछन्। 

    मेरो जिवनमा इमान्दारिता गर्व गर्ने कुरा जस्तो लाग्छ मलाइ तर केहि मानिसहरु उ इमान्दार होइन कायर,लाछि, डरपोक, काँतर हो। त्यसैले इमान्दार जस्तो देखिएको हो भन्दछन  इमान्दारितालाई प्रमाणित गर्ने सर्टिफिकेट छैन, त्यसैले यो भन्ने सुनाउने, बोल्ने कुरा त हो तर देखाउन सकिन्न। देखाउन नसक्ने कुरा को अर्थ छैन यो भौतीक जगतमा  तसर्थ इमान्दार छु भन्ने घमण्ड नगर्नुस्। “इख नभएको मान्छे, बिष नभएको सर्प” भन्ने कुरा समाजमा व्यापक छ जुन कुरा पनि गर्वसंग जोडिएको छ।

    मानिसहरुले मलाई अन्तर्वार्तामा गर्व गर्ने कुरा सोधिरहँदा त्यस्तो कुनै म्याटरियलाइज गरेको नै छैन तसर्थ मेरो गर्व गर्ने कुरा म देखाउन सक्दिन। मलाई राम्रोसंग थाहा छ कि मेरो राज्य प्रणालीलाई इमान्दारिता हैन नतिजा चाहिएकोछ र जुन आधुनिक युगको आवश्यकता हो। त्यसकारण पनि इमान्दारिता पुरानो सिद्धान्त हो। जुन वर्तमान युगले अस्विकार गरेको छ। अन्तर्वार्ताको क्रममा अन्तर्वातामाकारले अक्सर गरेर पहिला गरेको काम, अनुभव, योग्यता, घर परिवार सोधिन्छ तर गर्व गर्न लायक कुरा सोधेको पहिलो पटक हो।

    गर्व गर्ने कुरा कसरी पत्ता लगाउने जसबाट आफुलाई मार्केटिङ्ग गर्न प्रमोसन गर्न सजिलो हुन्छ। भनिन्छ नि यदि तपाई खुसि हुन चाहानुहुन्छ भने बर्तमान रमाउनु होस्। जे काम गरिरहेको छ त्यसप्रति गर्व गर्नुहोस्। हिन्दीमा कहावत छ। गुमनाम नहि बदमान सहि यसको अर्थ दुनियामा कुख्यात नै ठिक बरु सामान्य हुनु भन्दा त। यसले पनि गर्वको अर्थ बुझाँउछ। आखिर गर्व गर्ने कुरा के हो। जुन कुरामा आफुलाई आत्मसन्तुष्टी मिल्छ, तर, जागिरेको परिबेसमा जागिर दिने जागिर लिनेलाई सोध्नु स्वभाविक नै हो। किनकी जागिर दिनेको जागिर लिनेबाट अनेकन अपेक्षा हुुन्छन्। त्यसको लागि त जागिर दिनेले जागिर लिनेलाई तलव तिरेको हुन्छ।

    गर्व गर्ने कुरा अन्तरिक्षमा पुग्ने, गिनिज बुकमा नाम लेखाउने जस्ता ठुलो कुरा मात्र हुदैन। सानोलाई सानै पिर ठुलोलाई ठुलै पिर भनेझै हरेक मानिसले फरक फरक कुरामा गर्व गर्छन्। गर्व गर्ने कुरा विषय आर्थिक, सामाजिक, र  शैक्षिक पारिवरिक क्षेत्रहरु पर्दछन् यसकारण पनि गर्व गर्ने विषय यो नै हुनुपर्छ भन्ने छैन। तर। जागिर खाने र जागिर दिने सवालमा हामीले गर्व गर्ने विषयवस्तु र कुराको, तालमेल, हामीले गर्न लागेको गरिरहेको जागिर पद, काम, कर्तव्य र अधिकारसंग मिल्दोजुल्दो हुदाँ राम्रो हुन्छ।

    मानिसले स्वभाव चरित्र, गुण ,बोलीचाली र व्यक्तित्वलाई पनि गर्व गर्ने विषय मान्न सकिन्छ। जिवनमा हिमाल, पहाड, तराई, देश, विदेश आउटडोर, इनडोर, विभिन्न क्षेत्र र मौषम परिवेसमा काम र जागिर गरियो अनेक थरि मानिसको संगत गरियो यसलाई पनि गर्व गर्ने कुरासंग जोडेर भन्न सकिन्छ। आजैदेखि आफुले गर्व गर्न सक्ने, आफुलाई चिनाउने, पहिचान दिने विषय आजैदेखि जानौ, बुझौ, थाहा पाउँ। आफुलाई गर्व गर्न लायक बनाउ। जागिरमा मात्र होईन जहाँकहि पनि आफुलाई चिनाउन गर्व गर्न लायक बन्ने, हुने काम गरौ, जुटौ आँटौ, लागौ आफुलाई स्थापित गरौं।

  • सम्बन्धित विषय:

  • # अर्जुन मोहन भट्टराई