काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । नेपाल र नेदरल्याण्ड्सबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ः१५ देखि शुरू हुँदैछ ।
सिरिजमा नेपाल पहिलो जितको खोजीमा छ । नेपाल पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो । नामिबियाविरुद्ध नेपालले बलिङमा केही आशा जगाउँदा ब्याटिङमा भने निराशाजनक प्रदर्शन गरेको थियो ।
रोहित पौडेलको कप्तानीमा रहेको नेपालीटिम घरेलु दर्शकमाझ लिगको पहिलो जितको खोजिमा मैदानमा उत्रिनेछ ।
‘हेड टु हेड’ को आधारमा हालसम्म नेपाल र नेदरल्याण्ड्सले एकअर्काविरुद्ध तीन ओडिआई खेलमा प्रतिस्पर्धा गरेका छन्, जसमा नेदरल्याण्ड्सले दुई र नेपालले एक खेल जितेको इतिहास छ ।
.jpg)


