काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्ससँग टस जितेर पहिला बलिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालले दुई परिवर्तन गरेको छ ।
ललित राजवंशी र प्रजिश जिसी आज नेपालको प्लेइङ ११ मा छन् । अभिनाश बोहरा र विवेक यादव बेन्चमा छन् । पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।
.jpg)


