आइतबार, भाद्र २८ गते २०८३
images

टी–२० विश्वकपको तयारीका लागि  ५ करोड बजेट निकासा

एक्सप्रेस पाना
फाल्गुण २३, २०८० बुधबार
  • 354
    SHARES
  • टी–२० विश्वकपको तयारीका लागि  ५ करोड बजेट निकासा

    काठमाडौं । सरकारले टी–२० विश्वकपको तयारीका लागि  ५ करोड बजेट निकासा गरेको छ ।

    images

    आइसिसी पुरुष टी–२० विश्व कपमा तयारीका लागि उक्त रकम निकासा भएको क्यानले जनाकारी दिएको छ । क्यानले विश्वकप तयारीका लागि रकम निकासा गरेकोमा सरकारलाई र राष्ट्रिय खेलकुद परिषद्लाई  धन्यवाद ज्ञापन समेत गरेको छ ।

    क्यानले सामाजिक सञ्जालमा रकम निकासाको जानकारी दिँदै लेखेको छ–‘संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आउँदो टी–२० विश्वकप २०२४ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीको सहभागिताको तयारीका लागि नेपाल सरकारबाट अक्षरूपी रुपैंया पाँच करोड तयारी बजेट विनियोजन भएको छ । यस ऐतिहासिक कदमका लागि नेपाल सरकार सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय खेलकुद परिषद् ९राखेप० सदस्य सचिव टंक लाल घिसिङ ज्यू प्रति नेपाल क्रिकेट संघ ९क्यान० हार्दिक आभार व्यक्त गर्दछ । नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषद्को यस साथ र सहयोगले समग्र नेपाली क्रिकेटको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्दछौँ ।’

    images

  • सम्बन्धित विषय:

  • # टी–२० विश्वकप