काठमाडौँ । मैत्रीपूर्ण टी-२० आई क्रिकेटमा हङकङले नेपाललाई पराजित गरेको छ ।
घरेलु टोली हङकङले नेपाललाई ७३ रनले पराजित गरेको हो । हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १३९ रन बनाउँदा अलआउट भयो । नेपालले १७ औँ ओभरमा १ सय ३९ रनको क्षतिमा सबै विकेट गुमायो ।
शीर्षक्रममा राम्रो सुरुवात गरेपनि मध्यक्रमका ब्याटर नचल्दा नेपाल हार बेहोर्न पुग्यो । नेपालको ९ विकेट क्याच र अन्तिम विकेट रनआउट भएको थियो ।
नेपालका लागि विनोद भण्डारीले ४२, आरिफ सेखले ३८ र कप्तान रोहित पौडेलले ३० रन बनाए । अन्यले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ हङकङका एजाज खान ४ र एहसान खानले ३ विकेट लिए ।
त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएको थियो ।
.jpg)


