शुक्रबार, भाद्र २६ गते २०८३
images

एनआईसी एशिया बैंकका ग्राहकलाई बुद्ध एयरमा विशेष छुट

एक्सप्रेस पाना
आश्विन ९, २०८१ बुधबार
  • 294
    SHARES
  • एनआईसी एशिया बैंकका ग्राहकलाई बुद्ध एयरमा विशेष छुट

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले बुद्ध एयरको टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

    images

    छुटसम्बन्धी सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र बुद्ध एयरका निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका हुन् । 
    सम्झौता बमोजिम बैंकका ग्राहकले अब बुद्ध एयरका विभिन्न ठाउँमा रहेका १३ वटा काउन्टर र विमानस्थल काउन्टरबाट टिकट खरिद गर्दा छुट प्राप्त गर्न सक्नेछन् ।​​

    बैंकका ग्राहकले मोबाइल बैंकिङ्ग एप, डेबिट कार्ड, क्रेडिट कार्ड एवं प्रिभिलेज कार्ड प्रयोग गरी काउन्टरमा भुक्तानी गर्दा ८ प्रतिशतसम्म छुट प्राप्त हुने बैंकले जनाएको छ ।

    images

    नेपालको निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरसँग गरिएको यो छुट सम्झौताले बैंकका ग्राहकलाई विशेष गरी आउँदै गरेका चाडपर्वका बेला विभिन्न गन्तव्यमा सुलभ रूपमा आवतजावत गर्न सघाउ पुग्ने बैंकले विश्वास लिएको छ ।

    साथै, यस विशेष छुट योजनाबाट डिजिटल भुक्तानीको प्रवर्द्धनमा सघाउ पुग्ने हुँदा नगदरहित कारोबारलाई बढावा दिनको निमित्त ठोस टेवा पुग्ने विश्वास बैकले लिएको छ ।

  • सम्बन्धित विषय:

  • # एनआईसी एशिया बैंक
  • # बुद्ध एयर